काठमाडाैं। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले चेन्नई सुपर किङ्ग्सलाई पराजित गरेकाे छ।
चेपोक रङ्गशालामा सोमबार खेलिएको आईपीएल २०२६ को यो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८० रन बनाएको थियो। जवाफमा हैदराबादले १९ ओभरमै ५ विकेट गुमाएर उक्त लक्ष्य पुरा गर्यो।
हैदरावादको जितमा ओपनर इशान किशनले विष्फोटक ब्याटिङ गर्दै टोलीलाई महत्त्वपूर्ण योगदान दिए। उनले मात्र ४७ बलमा ७० रनको शानदार इनिङ खेल्दै टोलीको जितको बलियो आधार तय गरेका थिए। उत्कृष्ट प्रदर्शनका साथ किशन खेलको ‘प्लेयर अफ द म्याच’ समेत चुनिए।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको घरेलु टोली चेन्नाई सुपर किंग्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८० रनको योगफल तयार पारेको थियो। चेन्नाईलाई मध्यम योगफलमा रोक्न हैदरावादका कप्तान प्याट कमिन्सले बलिङमा उत्कृष्ट कप्तानी र प्रदर्शन गर्दै विपक्षी ब्याटरहरूलाई लगातार दबाबमा राखेका थिए।
यो महत्त्वपूर्ण जितसँगै सनराइजर्स हैदरावाद आईपीएल तालिकाको तेस्रो स्थानमा उक्लन सफल भएको छ भने पराजित चेन्नाई सुपर किंग्स तालिकाको छैटौँ स्थानमा खस्किएको छ।