काठमाडौँ। प्रधानन्यायाधीशमा प्रस्तावित मनोजकुमार शर्माको संसदीय सुनुवाइ समितिमा सुनुवाइ सुरु भएको छ।
सिंहदरबारमा जारी सुनुवाइमा शर्माले आफ्नो कार्ययोजना सुनाएका छन्।
उनले न्यायिक काम-कारबाही चुस्त-दुरुस्त बनाउने बताएका छन्। उनले न्यायलयलाई स्वच्छ, निष्पक्ष, जवाफदेही बनाउने बताएका छन्।
सांसदहरूले प्रश्न राखिरहेका छन्। प्रश्नको जवाफ दिएपछि र प्रस्तावित प्रधानन्यायाधीश शर्मालाई सुनुवाइ समितिले अनुमोदन गरेपछि आजै शपथको तयारी रहेको बुझिएको छ।
