काठमाडौँ। संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्माको संसदीय सुनुवाइ सुरु भएको छ।
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध समितिमा सात वटा उजुरी परेको छ।
संवैधानिक परिषद्ले सर्वोच्चको प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस गरेको छ।
संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ।