अप्रिका। अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी) सङ्गो लोकतान्त्रिक गणतन्त्र (डीआरसी) र युगान्डामा बढ्दो पछिल्लो इबोला प्रकोपलाई लिएर महादेश स्तरको लागि सार्वजनिक स्वास्थ्य आपतकालको घोषणा गरेको छ।
मुख्यतया देशको मोङ्ग्वालु, रुवाम्पारा र बुनिया स्वास्थ्य क्षेत्रहरू, साथै युगान्डाको कम्पालामा ३९५ वटा सङ्क्रमणका घटनाहरूमा १०६ जना सङक्रमितको मृत्युको रिपोर्ट गरिए पछि स्वास्थ्य आपतकालको आधिकारिक घोषणा गरेको जनाइएको छ। एजेन्सीले प्रकोप तिव्र रुपमा बढ्दै गएको जनाँउदै यस रोगका लागि हाल सम्म कुनै पनि विशिष्ट खोप तथा उपचार उपलब्ध नभएकाले उच्च जोखिम युक्त रहेका बताएको छ।
अफ्रिका सीडीसीका महानिर्देशक जिन कासेयाले यो घोषणाले क्षेत्रीय समन्वयलाई बलियो बनाउन, आपतकालीन स्रोतहरू परिचालन गर्न र सङ्क्रमणको जोखिममा रहेका छिमेकी देशहरूमा तयारी प्रयासलाई गति दिन मद्दत गर्ने बताएका छन्।
अफ्रिका सीडीसीले तीव्र सीमापार आवागमन, प्रभावित क्षेत्रमा असुरक्षा र कमजोर सङ्क्रमण नियन्त्रण उपायहरूले क्षेत्रीय फैलावटको जोखिम बढाउन सक्ने चेतावनी दिएको छ। आपसमा जोडिएका देशहरूमा बुन्डिबुग्यो इबोला भाइरसको पुष्टिले अफ्रिकाको स्वास्थ्य सुरक्षा सङ्कटमा रहेको पुष्टि भएको बताउदै कासेयाले एजेन्सीले पहिले नै आपतकालीन प्रतिक्रिया टोलीहरू तैनाथ गरेको जनाएका छन्।