काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

५ जेष्ठ २०८३
अर्थ मन्त्रालय।
अ+
अ-

काठमाडौँ। नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले चारजना उम्मेदवारको प्रारम्भिक सूची (सर्टलिस्ट) प्रकाशन गरेको छ।

धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा (३) बमोजिम गठित अध्यक्ष छनोट सिफारिस समितिले अर्थ मन्त्रालयमा प्राप्त आवेदन मध्येबाट चार जनाको नाम सर्टलिस्ट गरेको हो। यसअघि समितिले गत १५ वैशाखमा इच्छुक व्यक्तिबाट व्यक्तिगत विवरण (बायोडाटा) मागेको थियो।

तोकिएको म्यादभित्र कुल ४७ जनाले आवेदन दिएकामा समितिले मूल्यांकनका आधारमा अन्तिम चारजनाको नाम छनोट गरेको सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ। अर्थ मन्त्रालयले सर्टलिस्टमा परेका व्यक्ति र छलफलको कार्यतालिका सार्वजनिक गरेको छ।

सर्टलिस्टमा परेकाहरूलाई ८ जेठमा अर्थ मन्त्रालयमा छलफल तथा अन्तर्वार्ताका लागि बोलाइएको छ। सर्टलिस्टमा नवराज अधिकारी‚ विनयदेव आचार्य‚ मुकुन्दकुमार क्षेत्री र गोपालप्रसाद भट्टको नाम छ।

यी चारै उम्मेदवारसँग कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताको माध्यमबाट छलफल गरेपछि बोर्डको अध्यक्ष पदका लागि नेपाल सरकार (मन्त्रिपरिषद्) समक्ष अन्तिम नामावली सिफारिस गर्नेछ।