काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

५ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। प्रहरीले लागुऔषध ब्राउनसुगरसहित सिन्धुलीबाट दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कैलाली गोदावरी नगरपालिका-६ का २६ वर्षीय अखिलजन विक्रम शाह र कैलाली गोदावरी नगरपालिका-१० का १९ वर्षीय विकास साउद रहेका छन्।

दुबै जनालाई सिन्धुली कमला नगरपालिका-९ स्थित बीपी राजमार्गबाट सोमबार दिउँसो पक्राउ गरिएको सिन्धुली प्रहरी प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले बताए।

जनकपुरबाट काठमाडौँ आउँदै गरेको बा.प्र.०१-००६ख २५९५ नम्बरको हायसमा सवार उनीहरूको साथबाट ६८ ग्राम ब्राउनसुगर फेला परेको सुवेदीले बताए।

दुबैलाई इलाका प्रहरी कार्यालय भिमानले हिरासतमा लिएर लागुऔषध मुद्दामा अनुसन्धान थालेको छ।