काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

६ जेष्ठ २०८३
तस्बिर : बोमलाल गिरी
अ+
अ-

काठमाडौँ। नवलपरासी पूर्वको विनय त्रिवेणी गाउँपालिका २ ज्यामिरेस्थित बस र ट्रक एकापसमा ठक्कर खाँदा १३ जना यात्रु घाइते भएका छन्।

बुधबार बिहान नेपालगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख १९१० नम्बरको बस सोही दिशातर्फ जाँदै गरेको प्र. १–०१–००१ ख ३७५९ नम्बरको अर्को बस र विपरीत दिशाबाट आइरहेको बा.प्र.०३–००१ ख १०४९ नम्बरको ट्रकसँग ठोक्किएर सडकमा पल्टिएको नवलपुर प्रहरीले जनाएको छ ।

उनीहरु सबै जना सामान्य घाइते भएकाले उद्धार गरी  बिनयी त्रिवेणी आधारभुत अस्पताल दुम्किबासमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।

घटनापछि राजमार्गमा कुनै अवरोध नभएको प्रहरीले जनाएको छ।