काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

फोटो कथा

६ जेष्ठ २०८३
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनभित्र प्रतिनिधि सभाको नयाँ हल निर्माण अन्तिम चरणमा पुगेको छ।

आगामी १५ जेठको बजेट भाषण यही नयाँ सभा कक्षबाट गर्ने तयारी गरिएको छ।

अहिले हलभित्र साउन्ड सिस्टम, क्यामेरा जडान, कुर्सी राख्ने तथा बत्ती जडानको काम भइरहेको निर्माण पक्षले जनाएको छ।

पटकपटक म्याद थप्दा पनि ढिलाइ भएको निर्माण कार्यलाई १५ जेठलक्षित गर्दै अहिले तीव्र रूपमा अघि बढाइएको छ।

निर्माण पूरा नभएकाले प्रतिनिधिसभा बैठक अहिले अस्थायी हलबाट सञ्चालन हुँदै आएको छ। नयाँ सभा कक्ष तयार भएपछि संसद् बैठक नियमित रूपमा यहीँ सञ्चालन गरिने तयारी छ।