हुम्ला। ढुंगाले लागेर घाइते भएका हुम्लाको अदानचुली गाउँपालिका ६‚ पाल्स गाउँका १३ वर्षीय हस्त भियालको मृत्यु भएको छ।
५ जेठको बेलुकी घरबाट सोही ठाउँको कालागाडमा रहेको एक पसलमा जाने क्रममा भियाल माथिबाट खसेको ढुंगा लागेर घाइते भएका थिए।
उनको टाउकोमा गहिरो चोट लागेको थियो। सोही दिन उद्धार गरी भियाललाई अदानचुली गाउँपालिकास्थित श्रीनगर स्वास्थ्य चौकीमा उपचारका लागि पुर्याइए पनि बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर खड्काले बताए।
घटनाको थप जानकारी लिन सदरमुकाम सिमकोटबाट प्रहरी निरीक्षक जंगबहादुर सिंह नेतृत्वको टोली अदानचुली गएको छ। अदानचुली गाउँपालिकाको एम्बुलेन्समार्फत शव परीक्षणका लागि बाजुराको सामुदायिक अस्पताल कोल्टी लगिएको प्रहरी नायब उपरीक्षक खड्काले बताए।