काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

फोटो कथा

६ जेष्ठ २०८३
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

मुस्ताङ। मुस्ताङको मुक्तिनाथ क्षेत्रमा धार्मिक पर्यटक बढेका छन्।

मौसमअनुकूलता र सडक सञ्जाल सहज भएसँगै पर्यटकको घुइँचो लाग्न थालेको हो। मुक्तिनाथ आउनेमा सबैभन्दा धेरै धार्मिक पर्यटक भारतीय छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमण र पछिल्लो समय प्रवर्द्धन गरिएका धार्मिक सर्किटहरूका कारण पनि भारतीय तीर्थयात्रीको आकर्षण बढेको हो।

सडक मार्ग सहज भएसँगै पोखरा-जोमसोम-मुक्तिनाथ यात्रा छोटिएको छ। जसकारण आन्तरिक तथा बाह्य पर्यटक दुवैका लागि मुक्तिनाथ यात्रा सहज बनेको छ। अहिले मुक्तिनाथ मन्दिर परिसर, रानीपौवा तथा आसपासका होटेल र धर्मशाला पर्यटकले भरिएका छन्।