काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

६ जेष्ठ २०८३
फाइल तस्वीर
अ+
अ-

चितवन। चालु आर्थिक वर्षमा जिल्लामा १३ जनामा औलो (मलेरिया) रोगका बिरामी भेटिएका छन्।

औलो रोग सङ्क्रमणको आशंकामा उपचारका लागि आएका ३ हजार ९३ जनाको नमूना परीक्षणका क्रममा सङ्क्रमण पुष्टि भएकोे हो।

जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार यसरी सङ्क्रमण देखिनेमा वैदेशिक रोजगारीबाट फर्किएका छन्।

एनोफिलिस जातको पोथी लामखुट्टेले टोक्दा औलो लाग्ने गर्दछ। रोग लाग्दा ज्वरो आइरहने वा दिन बिराएर ज्वरो आउने, टाउको बेस्सरी दुख्ने, वान्ता हुने, जाडो हुने, कम्पन छुट्ने, पसिना आएर ज्वरो घट्ने लक्षण देखिने गरेको छ। संक्रमितहरु सबै बिदेशबाट आएका बिरामी हुन।

नेपालमा मुख्य गरी दुई प्रजातिका औलोका परजीविहरु पाईने गर्दछ। प्लाज्मोडियम भाइभेक्स र प्लाज्मोडियम फाल्सिपारम रहेका छन्। नेपालमा ती मध्ये भाइभेक्स जातको परजीवि वढि देखिने गर्दछ। फाल्सिपारम जातको परजीवि औलो रोगका संक्रमित मध्ये १५ देखि २० प्रतिशमा देखिने गर्दछ । जसले मानिसको स्नायु प्रणालीमा समेत प्रभाव पार्ने उनले बताए।

भाइभेक्स परजीवी ७० देखि ८० प्रतिशत देखिने गरेको छ । विदेशबाट आउने नेपालीमा फाल्सिपारम परजीवी भेटिने गरेको उनले बताए।

औलो सङ्क्रमित लामखुट्टेको टोकाइबाट यो रोग सर्दछ। घर गाउँ र समुदाय सफा राखी लामखुट्टेले फुल पार्ने ठाउँलाई पुर्ने, सुत्दा झुलभित्र सुत्नेजस्ता कार्य गर्नु आवश्यक रहेको उनले बताए।