काठमाडौँ। प्रहरीले काठमाडौँबाट हतियारसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका ८‚ गोठाटार पहेंलो पुलका सन्दीप परियार छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार बा.४ख ५२४१ नम्बरको गाडीको सिटमा लुकाएर राखेको पेस्तोलसहित उनलाई बुधबार पक्राउ गरिएको हो।
गाडीमा म्यागजिनसहितको एयर गन पेस्तोल बरामद भएको प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताए।
पक्राउ परेका परियारलाई हातहतियारसम्बन्धी कसुरमा अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ। परियारले पेस्तोल कहाँबाट ल्याए भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।