काठमाडौँ। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङलाई संसद्को मर्यादा पालना गर्न निर्देशन दिएका छन्।
सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिना सदनको आकस्मिक, शून्य र विशेष समयमा उठेका मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै गर्दा साम्पाङले समय नमागी उठेर प्रश्न गर्न थालेपछि सभामुख अर्यालले साम्पाङलाई समय मागेर मात्र बोल्न आग्रह गरेका थिए।
“माननीय सदस्यले समय माग्नुभएको छैन। मैले समय दिएको छैन,” सभामुख अर्यालले भने।
तर साम्पाङले आफ्नो भनाइ राख्न नछाडेपछि सभामुखले उनलाई संसदको मर्यादा पालना गर्न निर्देशन दिए।