काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

६ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न आदेश गरेको छ। न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले बुधबार प्रारम्भिक सुनुवाई गर्दै म्याद पाएका मितिले २४ घण्टाभित्र महान्यायाधीवक्ता कार्यालयमार्फत लिखित जवाफ पेश गर्न आदेश गरेको हो।

प्रसाईंलाई प्रहरीले प्रक्राउ गरेपछि उनका कानुन व्यवसायी अधिवक्ता आशिष लुइँटेलले गैरकानुनी थुनामा राख्न नपाइने र थुनामुक्तको आदेश माग गर्दै बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेका थिए।

सर्वोच्चले दुवै पक्षलाई बहसमा बोलाउँदै प्रहरीले गरेको अनुसन्धानको फाइल सरकारी वकीलमार्फत पेश गर्नसमेत आदेश गरेको छ।