काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

७ जेष्ठ २०८३
तस्बिर : वीरेन्द्र रमण
अ+
अ-

जनकपुर। मधेस प्रदेशमा मन्त्रीमण्डल विस्तार गरिएको छ।

मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेकपा एमालेका मोहम्मद समीरलाई मन्त्रीमण्डलमा सामेल गराए। उनलाई विनाविभागीयमन्त्रीको जिम्मेवारी दिइएको छ।

प्रदेश सरकारमा एमालेलाई सहभागी गराएसँगै मुख्यमन्त्रीले जनता समाजवादी पार्टी (जसपा) का तीन मन्त्रीलाई भने बर्खास्त गरेका छन्।

नवनियुक्त मन्त्री समीरले प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। मुख्यमन्त्री यादवले आवश्यकता र औचित्यका आधारमा जसपालाई सरकारबाट हटाइएको र एमालेलाई सहभागी गराइएको जानकारी दिए।

उनले भोलि प्रदेश सभासमक्ष विश्वासको मत लिँदै छन्। मुख्यमन्त्री यादवले मन्त्रीमण्डलको सङ्ख्या र केही कार्यालय पनि घटाउने तयारीमा रहेको जानकारी दिए।