काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

७ जेष्ठ २०८३
तस्बिर : वीरेन्द्र रमण
अ+
अ-

जनकपुर। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मन्त्रीमण्डल विस्तारको तयारी गरेका छन्।

विश्वासको मत लिनु एक दिनअघि नेकपा एमालेलाई बिनाविभागीय मन्त्रीका रूपमा सहभागी गराउँदै मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरेका हुन्। सरकारमा सहभागी जनमत पार्टीका दुई मन्त्रीले आजै राजीनामा दिएका छन्।

मुख्यमन्त्री यादवले भोलि (शुक्रबार) विश्वासको मत लिएसँगै थप तीन मन्त्रीलाई शपथ गराउनेछ। एमालेले चारजना मन्त्री दाबी गरेको र सोहीअनुसारको सहमति भएको संसदीय दलका नेता सरोजकुमार यादवले जानकारी दिए।

अहिले एमालेबाट मोहम्मद समिमलाई बिनाविभागीय मन्त्रीको शपथ गराउने तयारी छ। नेकपा एमालेले सरकारलाई विश्वासको मत दिनेछ।

जनमत पार्टीले मधेस प्रदेशबाट सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि सरकारमा सहभागी रहेका दुई मन्त्री भने राजीनामा दिएका थिएनन्। आज दिउँसो अर्थमन्त्री महेश यादव र खेलकुद तथा समाज कल्याणमन्त्री वसन्त कुशवाहाले राजीनामा दिएका हुन्।

मन्त्रीमण्डल विस्तारको पत्रमा भने जसपा नेपालका मन्त्री रहेका राजकुमार गुप्ता भौतिक पूर्वाधार विकास तथा श्रम तथा यातायातमन्त्री मनीष सुमनलाई हटाउने तयारीमा सरकार छ।