काठमाडौँ। श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले आज पनि प्रतिनिधिसभा बैठकमा प्लाकार्ड देखाएर विरोध गरेका छन्।
जेठ ४ गतेदेखिका प्रतिनिधिसभाको बैठकमा उनले निरन्तर आफ्नो स्थानबाट उठेर प्लाकार्ड देखाउँदै आएका छन्।
उनले सदनमा प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थिति खोजिरहेका छन्। सदनमा उठेका प्रश्नकाे जवाफ प्रधानमन्त्री स्वयं उपस्थित भएर दिनुपर्ने उनकाे माग छ।