काठमाडौँ। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक भोलि (शुक्रबार) बस्दै छ।
बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुन्डुमा रहेको निवासमा बिहान ११ बजे बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए। बैठकमा नेताहरूको कार्यविभाजन हुने उनले बताए।
गत मंसिरमा सम्पन्न पार्टीको ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजन हुन सकेको थिएन।