काठमाडौं । आधुनिक जीवनशैलीसँगै इलेक्ट्रोनिक्स तथा होम एप्लायन्सेस खरिद गर्ने तरिका पनि परिवर्तन हुँदै गएको छ। ग्राहकहरू अहिले एउटै स्थानमा विभिन्न ब्रान्डका उत्पादन हेर्न, तुलना गर्न र खरिद गर्न चाहन्छन्।
यही आवश्यकतालाई ध्यानमा राख्दै अन्तर्गत CG Electronics द्धारा सञ्चालित सिजी डिजिटलले “एकै छानामुनि सबै ब्रान्ड” अवधारणालाई प्राथमिकतामा राखेर नेपाली बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै गएको छ।
नेपालभर सञ्चालनमा रहेका २८ वटा आधुनिक शोरूममार्फत CG Digital र LG Brand Shop ले ग्राहकलाई विभिन्न अन्तर्राष्ट्रिय तथा लोकप्रिय ब्रान्डका उत्पादन एउटै स्थानमा उपलब्ध गराउँदै आएका छन्। यसले ग्राहकलाई धेरै पसल धाउनुपर्ने झन्झटबाट मुक्त बनाएको छ।
CG Digital मा टेलिभिजन, फ्रिज, वासिङ मेसिन, एयर कन्डिसनर, किचन उपकरणदेखि मोबाइल फोनसम्मका विभिन्न उत्पादन उपलब्ध छन्। यहाँ LG, CG, TCL, Godrej, Midea, Crompton, Beko, Sensei, Kent, Elica, CG Meridia, Black+Decker र Burly लगायतका ब्रान्डका उत्पादन पाइन्छन्। साथै Nothing, Motorola र Ai+ जस्ता मोबाइल ब्रान्ड पनि ग्राहकका लागि उपलब्ध छन्।
बजारमा विकल्प धेरै भए पनि गुणस्तरीय र भरपर्दो उत्पादन छनोट गर्नु धेरै उपभोक्ताका लागि चुनौतीपूर्ण बन्ने गरेको छ। CG Digital ले आधिकारिक तथा विश्वसनीय ब्रान्डका उत्पादन उपलब्ध गराउँदै ग्राहकको विश्वास जित्दै आएको जनाएको छ।
कम्पनीका अनुसार एउटै स्थानमा विभिन्न ब्रान्डका उत्पादन तुलना गर्न सकिने भएकाले ग्राहकले आफ्नो आवश्यकता, बजेट र प्राथमिकताअनुसार सजिलै निर्णय लिन सक्नेछन्। यसले खरिद प्रक्रियालाई थप सहज, छिटो र व्यवस्थित बनाएको कम्पनीको दाबी छ।
CG Digital ले ग्राहक–मैत्री सेवा, आकर्षक छुट, विशेष अफर तथा सजिलो फाइनान्स सुविधामार्फत पनि उपभोक्तालाई सहज खरिद अनुभव प्रदान गर्दै आएको छ। कम्पनीले समय–समयमा ल्याउने विशेष योजनाले ग्राहकलाई उत्कृष्ट ब्रान्डका उत्पादन सुपथ मूल्यमा खरिद गर्ने अवसर मिलिरहेको जनाएको छ।
आधुनिक शोरूम अनुभव, विश्वसनीय सेवा र नेपालभर फैलिएको सञ्जालका कारण CG Digital नेपाली उपभोक्तामाझ लोकप्रिय बन्दै गएको देखिन्छ।