काठमाडौं। इशान पाण्डेको सानादार ब्याटिङसँगै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ मा अमेरिकालाई ३१८ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१७ रन बनाएको हो।
नेपालका इशानले सर्वाधिक ८४ रन बनाए। ८३ बल खेलेका उनले ८ चौका र १ छक्का प्रहार गरे। उपकप्तान दीपेन्द्रसिंह ऐरी ५९. कप्तान रोहितकुमार पौडेल ४६, आसिफ शेख ४३, कुशल भर्तेल २९, गुल्सनकुमार झा १५ रनमा आउट हुँदा आरिफ शेख १८ रनमा अविजित रहे।
अमेरिकाका शुभव रञ्जनेले सर्वाधिक ३ विकेट लिए। रुशिल उगारकर र मिलिन्द कुमारले समान १ विकेट राखे।