काठमाडौं। नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ मा अमेरिकालाई पुन: हराउँदै घरेलु शृंखलाको अन्त्य गरेको छ।
शुक्रबार सम्पन्न खेलमा नेपाल १२२ रनले विजयी भएको हो। योसँगै नेपालले घरेलु मैदानमा भएको पछिल्ला ८ मध्ये ६ खेलमा जित निकाल्दै महत्त्वपूर्ण १२ अंक बटुलेको छ। योसँगै पाँचौं स्थानमा रहेको नेपालले २४ अंक पुर्याएको छ।
शीर्षस्थानको अमेरिकाको २८ खेलबाट ३८ अंक छ। अब यी दुवै टोलीले यो लिग–२ को यो चक्रमा समान ८ खेल्ने छ।
नेपालले पहिलो खेलमा अमेरिकालाई ९ विकेटले हराएको थियो। यसपल्ट नेपालले अमेरिकालाई ३१८ रनको विशाल लक्ष्य दिएको थियो। तर, ४१.२ ओभर ब्याटिङ गरेको अमेरिकाले सबै विकेट गुमाउँदै १९५ रन मात्र बनाउन सक्यो।
अमेरिकाका सञ्जय कृष्णमुर्तीले सर्वाधिक ५६ रन बनाइन्। ४४ बल खेलेका उनले समान ४ चौका र छक्का प्रहार गरे। नोस्थुश केन्जिगे २९, शायन जहाँगीर २७, शेहान जयसूर्या २६ र सैतेजा मुकामल्ल २२ रनमा आउट भए।
नेपालका सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए। ललितनारायण राजवंशी, दीपेन्द्रसिंह ऐरी र गुल्सनकुमार झाले समान २ विकेट राखे।