काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

८ जेष्ठ २०८३
रवि लामिछाने।
अ+
अ-

काठमाडौँ। कास्की जिल्ला अदालतले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रतिवादी रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संगठित र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुर फिर्ता लिएको छ।

ठगी कसुरमा अनुसन्धान गर्न मनासिब देखिएको भन्दै अदालतले शुक्रबार रविसहित गितेन्द्रबाबु राई (जीबी), छविलाल जोशीसहितको मुद्दा फिर्ता लिएको हो।

न्यायाधीश हिमलाल बेल्बासेको इजलासले शुक्रबार महान्यायाधिवक्तासमेतको निर्णय आधारमा मुद्दा फिर्ता लिने निर्णय गरेको हो।

प्रतिवादीहरूको मिलापत्र हुने तथा जाहेरवालाहरूको बिगोसहितको रकम सहज रुपमा फिर्ता पाउने प्रक्रिया थप जटिल बन्ने भएकाले ठगी मुद्दा कायम राखेर अन्य मुद्दा फिर्ता लिइएको अदालतको आदेशमा उल्लेख छ।