काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

८ जेष्ठ २०८३
फाइल तस्बिर।
अ+
अ-

काठमाडौँ। सरकारले यही जेठ १४ गते बिहीबारका दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर जेठ १४ गते बकर ईद ( ईद–उल–अज्हा)को अवसरमा बिदा दिने निर्णय भएको जानकारी दिएको छ।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्ति अनुसार नेपाल राजपत्रमा प्रकाशित सूचना र मुस्लिम आयोगको सिफारिस बमोजिम उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।

मन्त्रालयले यस पावन पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरूका साथै समस्त नेपाली नागरिकहरूमा हार्दिक शुभकामना समेत व्यक्त गरेको छ।