काठमाडौं। साउदी अरेबियाको फुटबलका ‘पोस्टर ब्वाइ’ मानिने क्रिस्टियानो रोनाल्डोले पहिलो पटक साउदी प्रो लिगको ट्रफी उचालेका छन्।
अल–नासरले सन् २०२२ को डिसेम्बरमा म्यानचेस्टर युनाइटेड छाडेपछि रोनाल्डोलाई अनुबन्ध गर्दै विश्व फुटबललाई चकित बनाएको थियो। त्यससँगै साउदीको खेलकुद परियोजनालाई विश्वमञ्चमा पुर्याउने प्रयास पनि सुरु भएको थियो।
तर ४१ वर्षीय रोनाल्डोले साउदी पुगेको साढे तीन वर्षपछि मात्रै ठूलो घरेलु उपाधि जित्न सकेका कारण धेरैलाई आश्चर्य लागेको थियो।