काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

८ जेष्ठ २०८३
रवि लामिछाने।
अ+
अ-

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग सांसदहरूले सामूहिक भेटघाट तथा छलफल गर्दै छन् ।

प्रवक्ता मनिष झाका अनुसार सांसदहरूबाट प्राप्त सल्लाह सुझावका आधारमा सभापतिले छलफल गर्ने गरी तालिका बनेको छ।

सोक्रममा आज कोशी र मधेश प्रदेशका सांसदहरूसँग छलफल हुने झाले बताए । उनका अनुसार कोशीका सांसदहरूसँग बिहान ११ बजेदेखि १ बजेसम्म र मधेशका सांसदहरूसँग दिउँसो साढे १ देखि साढे ३ सम्म छलफल हुनेछ ।

विपक्षी दलहरूले संसदमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने अडानसहित निरन्तर बैठक अवरोध गरिरहेको बेला सभापतिसँग पार्टीका सांसदले सामूहिक छलफल गर्न लागेका छन् । त्यस्तै बजेटको पूर्वसन्ध्यामा हुने यस छलफलमा आफ्ना क्षेत्रका समस्याबारे पनि विमर्श हुने बताइएको छ ।