काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

८ जेष्ठ २०८३
स्कटल्यान्डविरुद्ध विकेट लिएपछि नेपाली खेलाडी। तस्बिर : क्यान
अ+
अ-

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा अमेरिकाविरुद्ध ब्याटिङ पावर प्लेमा उत्कृष्ट सुरुआत गरेको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको घरेलु टोलीले अमेरिकाविरुद्ध सुरुआती १० ओभरमा बिना कुनै विकेट गुमाएर ६२ रन बनाएको छ । हाल थक्रिजमा रहेका ओपनरद्वय आशिफ शेख र कुशल भुर्तेलले क्रमशः ३१ र २६ रन बनाएका छन् ।

यो लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेल समेत हो । अमेरिकालाई दोस्रो खेलमा पनि पराजित गर्दै नेपाल शृंखलाको अन्त्य गर्ने लक्ष्यमा हुनेछ । हाल नेपाल तालिकाको पाँचौँ स्थानमा छ ।