काठमाडौँ। राजधानीको प्रमुख पर्यटकीय तथा व्यावसायिक क्षेत्र दरबारमार्गमा १९औँ दरबारमार्ग स्ट्रिट फेस्टिभल आयोजना भएको छ।
दरबारमार्ग विकास बोर्डको पहलमा माभरिक्स ग्रुप र आर्बिट्ररी इभेन्ट्सद्वारा शनिबार आयोजना भएको महोत्सवमा सबै उमेर समूहका दर्शकका लागि विविध मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिएको छ।
महोत्सवअन्तर्गत बालबालिकाका लागि विभिन्न खेल, ३x३ बास्केटबल, ई-स्पोर्ट्स, सांस्कृतिक झाँकी, फोटो बुथको व्यवस्था गरिएको छ। त्यस्तै विभिन्न स्वादका खाना तथा पेय पदार्थका स्टल पनि छ।
सांगीतिक कार्यक्रमतर्फ मुख्य तथा सहायक स्टेजमा चर्चित डिजे र कलाकारहरूको प्रस्तुति भइरहेको छ। कार्यक्रममा जोन एन्ड द लोकल्स, द एक्स, फोल्कट्रोनिक्स, एसटी म्यान, जे अथर, सालिन मगर एन्ड ब्यान्ड, प्रिजोल नेपाली एन्ड सरर तथा गन एल्भिसको प्रस्तुति रहनेछ।

