अमलेखगन्ज आयल निगमको निरीक्षण
बारा। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले बाराको अमलेखगन्जस्थित नेपाल आयल निगमको मधेस प्रदेश प्रादेशिक कार्यालयको निरीक्षण गरेकी छन्।
निरीक्षणका क्रममा नेपाल आयल निगमका निमित निर्देशक नागेन्द्र शाहसहितको उच्च टोलीले मन्त्री यादवलाई निगमको हालको अवस्था, भण्डारण क्षमता र आपूर्ति व्यवस्थाबारे विस्तृत जानकारी गराएको थियो।
उनले इथानोल उत्पादनमा जोडसमेत दिइन्। पेट्रोलियम आयात घटाउने वैकल्पिक बाटो इथानोल रहेको पनि उनले बताइन्। उनले निजी क्षेत्रलाई इथानोल उत्पादनमा गर्नका लागि जोड दिइन्।
अन्तर्राष्ट्रिय बजारसँगै नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएको परिस्थितिबीच भएको यस निरीक्षणका क्रममा मन्त्री यादवले मूल्यवृद्धिको असर कम गर्न वैकल्पिक उपायहरू खोज्नुपर्नेमा जोड दिएकी हुन्।