काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

९ जेष्ठ २०८३
प्रतीकात्मक तस्बिर।
अ+
अ-

बाँके। सशस्त्र प्रहरीले शनिबार नेपालगन्जमा अफिम र चरेस बरामद गरेको छ।

सशस्त्र प्रहरी बल ३० नम्बर गणको सक्रियतामा गणमातहत रहेको बेनवी कालाबन्जरबाट खटिएको टोलीले नेपालगन्ज १५, पिप्रहवा सीमा इलाकामा जाँचका क्रममा साढे पाँच किलो अफिम र पाँच ग्राम चरेस बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर चन्दले जानकारी दिए।

उनका अनुसार करिब ५.५ (साढे पाँच) किलो अफिमजस्तो देखिने पदार्थ र पाँच ग्राम चरेसजस्तो देखिने कालो पदार्थ बरामद गरिएको हो।

सीमा क्षेत्रमा चोरी-तस्करी, लागूऔषध ओसारपसार तथा अन्य अवैध गतिविधि नियन्त्रणका लागि विगत केही दिनदेखि विशेष सुरक्षा अभियान सञ्चालन हुँदै आएको थियो। लागूऔषधसहित पक्राउ परेका एक जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको छ।