काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

९ जेष्ठ २०८३
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ। प्रहरीले काठमाडौँ गोंगबुबाट एसएलआरको म्याग्जिन र ४५ राउन्ड गोलीसहित जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरी राजविराज नगरपालिका १३ का २७ वर्षीय खगेन्द्र शर्मा तथा सप्तरी राजविराज १३ घर भइ हाल काठमाडौँ महानगरपालिका ३२‚ नरेफाँट बस्ने २२ वर्षीय ओमशंकर गुप्ता रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

उनले भने, “काठमाडौँ टोखा नगरपालिका ९‚ गोंगबु शिव मन्दिरस्थित काबेली गेस्टहाउसमा जाँच गर्ने क्रममा ४५ राउन्ड गोली, एसएलआर हतियारमा प्रयोग हुने म्याग्जिन एकथान र मेटलको नक एक थानसहित उनीहरूलाई पक्राउ गरिएको हो।”

पक्राउ परेकामाथि थप आवश्यक अनुसन्धान कार्य सुरु गरिएको प्रवक्ता भट्टराईले बताए।