काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

९ जेष्ठ २०८३
जिल्ला प्रहरी कार्यालय मकवानपुर। फाइल तस्बिर
अ+
अ-

हेटौँडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका १२‚ भोर्लेस्थित जंगलको भिरबाट लडेर दुई बालक घाइते भएका छन्।

जङ्गलको बाटो हुँदै आज (शनिबार) बिहान ११ बजेतिर भोर्लेबाट रमनटारतर्फ जाँदै गरेको साइकल आफैँ अनियन्त्रित भई भिरबाट करिब ३५ मिटर तल खसेर स्थानीय १२ वर्षीय साजन पाख्रिन र १२ वर्षीय रोणित थापा मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता पुष्कर बोगटीले जानकारी दिए।

घाइते दुवै बालकलाई उद्धार गरी उपचारका लागि हेटौँडास्थित सीएमसी चुरेहिल अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए।