काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१० जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। बढ्दो तापक्रम र प्रि-मनसुनको उकुसमुकुसले सर्वसाधारणको दैनिक कामकाज र आवतजावत असहज बन्दै गएको छ। यस्तो अत्यधिक गर्मीमा शरीरलाई डिहाइड्रेसनबाट बचाउन र ऊर्जावान् राख्न चिकित्सकहरूले ताजा झोलिलो पदार्थको निरन्तर सेवन गर्न सीजी इलेक्ट्रोनिक्सले जुसर र ब्लेन्डर नेपाली बजारमा ल्याएको छ।

ब्रान्ड ब्ल्याक प्लस डेकरले अत्याधुनिक जुस एक्स्ट्र्याक्टर र ब्लेन्डरहरू नेपाली बजारमा ल्याएको सीजीले जनाएको छ। बजारमा पाइने कृत्रिम र अत्यधिक चिनीयुक्त पेय पदार्थको विकल्पमा आफ्नै भान्सामा ताजा र स्वस्थकर जुस तयार गर्न सहज होस् भन्ने उद्देश्यले यी प्रिमियम उपकरणहरू डिजाइन गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार बजारमा ब्ल्याक प्लस डेकर जुस एक्स्ट्र्याक्टरले समयको बचत र सहज हुनेछ। यो प्रिमियम जुसरमा ८०० वाटको शक्तिशाली मोटर जडान गरिएको छ। यसमा रहेको ७५ एमएमको ठूलो फिडिङ ट्युबका कारण फलफूललाई स-साना टुक्रा नपारी सिंगै राखेर जुस निकाल्न मिल्छ।

पर्सनल स्पोर्ट्स ब्लेन्डर भने व्यस्त जीवनशैली र फिटनेस प्रेमीलाई लक्षित गरी ल्याइएको हो। यो ३०० वाटको ब्लेन्डरमा ५०० एमएलको ट्राइटन स्पोर्ट्स बोटल उपलब्ध छ। उपभोक्ताले यसै बोटलमा स्मुदी वा जुस बनाएर सिधै अफिस वा जिम लैजान सक्छन्।

फ्यामिली ब्लेन्डरमा ७०० वाटको हाई-स्पिड मोटर र १.७ लिटरको सुरक्षित ग्लास जार छ। यो सिंगो परिवारका लागि उपयुक्त छ। जसले एकैपटकमा धेरै परिमाणमा चिसो पेय तयार गर्न सक्छ।

नेपाली इलेक्ट्रोनिक्स बजारमा ४० वर्षभन्दा बढी समयदेखि अग्रणी भूमिका निर्वाह गर्दै आएको सीजीले देशभरका २८ वटा अत्याधुनिक सीजी डिजिटल तथा एलजी ब्रान्ड सप शोरुमहरू, आधिकारिक बिक्रेता सञ्जाल र अनलाइन पोर्टलमार्फत यी उपकरणहरू सुलभ तरिकाले उपलब्ध गराएको छ।

ब्ल्याक प्लस डेकरका यी उत्पादनमा ग्राहकले २४ महिनाको विस्तृत वारेन्टी पाउनेछन्। साथै सीजीको देशव्यापी सर्भिस नेटवर्कले बिक्रीपछिको उत्कृष्ट सेवा सुनिश्चित गर्ने कम्पनीले प्रतिबद्धता जनाएको छ।