काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

फोटो कथा

१० जेष्ठ २०८३
अ+
अ-

पोखरा। पोखरा महानगरपालिकाले फिर्केखोलाको सीमाभित्र बनेका संरचना हटाउन थालेको छ।

महानगरले सूचना निकालेबमोजिम आज (आइतबार)देखि खोलाको सीमाभित्र पर्ने संरचनामा डोजर चलाइरहेको छ। यसका लागि तीन स्थानमा डोजर परिचालन गरिएको छ।

बिहान १० बजेदेखि वडा २ र १८ को सिमाना अँधेरी कुनादेखि वडा ४ सम्म पर्ने संरचना भत्काउन सुरु गरिएको हो। यस्तै वडा ४ र ५ को सीमादेखि वडा ५ र ८ सम्म र पोखरा ७ र ८ को सीमामा रहेको जिरो र सिर्जना चोकबीचको संरचना भत्काउँदै वडा ६ तर्फसम्म पुग्ने योजना छ।

फिर्के खोला नापजाँच प्रतिवेदन २०८० अनुसार खोला क्षेत्रभित्र पर्ने १६० वटा संरचना महानगरले भत्काउन लागेको हो।