काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१० जेष्ठ २०८३
अ+
अ-

काठमाडौं । काठमाडौंमा भइरहेको काभा महिला भलिबल च्याम्पियनसिप अन्तर्गत समूह ए को आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दैछ ।

नेपाल र माल्दिभ्सबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा साँझ ५ बजे सुरु हुनेछ ।

खेलको प्रत्यक्ष प्रसारण हिमालय स्पोर्टस् च्यानलमा हेर्न सकिन्छ । नेपालले यसअघि दुई खेल खेल्दा एकमा जित र एकमा हारको नतिजा निकालेको थियो ।

नेपाल दुई खेलबाट ४ अंकसहित समूह बी को दोस्रो स्थानमा छ । यसअघिका दुवै खेलमा पराजित माल्दिभ्स समूहचरणबाट बाहिरिसकेको छ । तुलानात्मक रुपमा कमजोर टोद्यद्वी माल्दिभ्सलाई हराएर सेमिफाइनल पुग्ने नेपालको लक्ष्य छ ।

नेपालका पहिलो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग पाँच सेटको प्रतिस्पर्धात्मक खेलमा पराजित भएको थियो । तर दोस्रो खेलमा किर्गिस्तानलाई सोझो सेटमा हराएरपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको हो ।