काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१० जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। पञ्जाव किंग्सले जारी आइपिएलको लिग चरणको अन्तिम खेलमा लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ।

गएराती सम्पन्न खेलमा पञ्जावले लखनउलाई ७ विकेटले पराजित गरेको हो। लखनउले दिएको १९७ रनको लक्ष्य पछाएको पञ्जावले १८ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो।

कप्तान श्रेयसले विजयी छक्का प्रहार गर्दै शतक पनि पूरा गरे। उनी ५१ बलमा १०१ रनमा अविजित रहे। प्रभसिमरन सिंहले ६९ रन बनाए। कूपर कोनोलीले १८ रन बनाउँदा सुर्यांश शेड्गे ९ रनमा अविजित रहे।

लखनउका मोहम्मद शामीले २ विकेट लिँदा अर्जुन तेन्दुल्करले १ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १९६ रन बनाएको थियो। ओपनर जोश इङ्लिसले सर्वाधिक ७२ रन बनाए। आयुष बदोनीले ४३ रन बनाउँदा अब्दुल समद ३७ रनमा अविजित रहे।

पन्जाबका लागि मार्को यानसेन र युजभेन्द्र चहलले २-२ विकेट लिए भने विजयकुमार वाइशाक र अजमतुल्लाह ओमरजाइले १-१ विकेट लिए।

यो जितपछि पञ्जावको प्लेअफको सम्भावना कायम रहेको छ। पञ्जाको १४ खेलमा १५ अंक भएको छ र चौथो स्थानमा रहेको छ।

अब पञ्जावको प्लेअफको तय आज हुने खेलको नतिजाबाट हुने छ। त्यस्तै यसअघि नै प्लेअफको दौडबाट बाहिरिएको लखनउले भने यस सिजनका १४ खेलमा १० खेलमा हार बेहोरेको छ।