काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१० जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशन तयारी कार्यतालिका स्वीकृत गरेको छ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशन तयारी कार्यतालिकाबारे प्रदेश र जिल्ला सभापतिलाई जानकारी गराएको छ।

स्वीकृत कार्यतालिकाअनुसार यही १५ जेठसम्म ७७ जिल्ला तथा सात प्रदेशमा निर्वाचन समिति गठन गरिसक्नुपर्नेछ। यस्तै यही २० जेठसम्म स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन संकलन तथा ३० जेठसम्म जिल्ला अधिवेशन तथा निर्वाचन प्रतिवेदन पेस हुनेछन्।

यस्तै २५ जेठसम्म महाधिवेशन प्रतिनिधिको नामावली पेस गर्ने, आगामी ५ असारसम्म प्रदेश अधिवेशनमा निर्वाचित पदाधिकारीको विवरण पेस र विद्युतीय मतदानसम्बन्धी छलफल हुने केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङले जानकारी दिए। रास्वपाले आगामी ७, ८ र ९ असारमा चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन आयोजना गरेको छ।