काठमाडौँ।सिन्धुलीको सुनकोसी गाउँपालिका क्षेत्रमा सुनकोसी नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सुनकोसी गाउँपालिका ४ घर भई अहिले वडा ३ बोहोरेटार बस्ने ९ वर्षीय सफल पुलामी मगर र सुनकोसी गाउँपालिका ५‚ बन्दीपुर घर भई अहिले बोहोरेटार बस्दै आएका १० वर्षीय युकेस विक छन्।
आइतबार अपराह्न करिब ३ बजे सित्खास्थित नदीको भंगालो क्षेत्रमा नुहाउने क्रममा उनीहरू डुबेका थिए। घटनापछि प्रहरी, स्थानीय र सशस्त्र प्रहरीको टोलीले खोजतलास गर्दा दुवै बालकलाई मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।