काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१० जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठकमार्फत पार्टी पदाधिकारीहरूको वरीयता क्रम औपचारिक रूपमा निर्धारण गरेको छ।

पार्टी उपमहासचिव लेखराज भट्ट का अनुसार अध्यक्षको प्रस्तावअनुसार बैठकले पदाधिकारीहरूको क्रमबद्ध सूची अनुमोदन गरेको हो।

निर्धारित वरीयताअनुसार पार्टी अध्यक्षमा केपी शर्मा ओली रहेका छन्। उपाध्यक्ष पदमा रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्त रहेका छन्।

महासचिवमा शंकर पोखरेल तोकिएका छन्। उपमहासचिवहरूमा लेखराज भट्ट, योगेश भट्टराई र रघुवीर महासेठ समावेश छन्।

त्यसैगरी सचिव पदमा छविलाल विश्वकर्मा, पद्मा अर्याल, खगराज अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, शेरधन राई, राजन भट्टराई, हिक्मत कार्की र महेश बस्नेत रहेका छन्।

पार्टीले नयाँ वरीयता संरचना संगठनात्मक कार्यसम्पादनलाई व्यवस्थित र स्पष्ट बनाउन सहयोगी हुने अपेक्षा गरेको छ।