काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१० जेष्ठ २०८३
तस्बिर: सिन्ह्वा
अ+
अ-

इरान ।  अमेरिका र इरान युद्ध अन्त्य गर्ने प्रयास अन्तिम चरणमा पुगेको दाबि गरिएको छ। इरानले आफ्नो उच्च स्तरमा प्रसोधन गरेको (हाइली एनरिच्ड) युरेनियम भण्डार छोड्न तयार भएको बताइएको छ। द ‘न्युयोर्क टाइम्स’ को रिपोर्ट अनुसा, इरानले अमेरिकासँग युरेनियम हटाउन सहमति जनाएको छ। तर उक्त युरेनियम कसरी र कहाँ पठाइने भन्ने विषय भने टंगिएको छैन्।

हाल इरानसँग ४०० किलोभन्दा बढी यस्ता युरेनियम रहेको जनाइएको छ। जसलाई अझ बढी प्रशोधन (एनरिच) गरेपछि परमाणु हतियार बनाउन प्रयोग गर्न सकिन्छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्धविराम सम्बन्धी सम्झौताको वार्ता लगभग अन्तिम चरणमा पुगेको दाबी गरेका छन्।

उनले सम्झौताको मस्यौदा अन्तिमचरणमा रहेको र अब अन्तिम स्वीकृति मात्रै बाँकी रहेको बताएका छन्। यसमा ‘स्ट्रेट अफ हर्मुज’पुनः खोल्ने विषय पनि समावेश रहेको छ। यसअघि एक्सियसलाई दिएको अन्तर्वार्तामा ट्रम्पले इरानसँग सम्झौता हुने सम्भावना ५०-५० रहेको बताएका थिए। उनले भनेका थिए या त ‘राम्रो सम्झौता’ हुने छ, होइन भने अमेरिकाले इरानमाथि अत्यन्त कडा हमला गर्न सक्छ।

अमेरिका इरान युद्धविराम गम्भीर मोडमा पुगेपछि युद्ध अन्त्यको अन्तिम प्रयन्त गर्न पाकिस्तानी सेना प्रमुख असिम मुनिर तेहरान गएका थिए। उनले त्यहाँ राजनीतिकसँगै सैन्य नेतृत्वहरूसँग कुरा गरेका थिए। ट्रम्पले अधिकांश विषयमा सहमति भइसकेको भनेर आइतबार घोषणा गरेका हुन्।

प्रस्तावित ढाँचाअनुसार अमेरिका र इरानबीच ३० दिनको प्रारम्भिक वार्ता अवधि रहने छ भने आवश्यक परे यो अवधि एक महिनासम्म थप गर्न सकिने व्यवस्था पनि रहने बताइएको छ । वालस्ट्रिट जर्नलका अनुसार यो प्रारम्भिक सम्झौताको मुख्य उद्देश्य युद्ध रोक्ने, अस्थायी कूटनीतिक ढाँचा स्थापना गर्ने र विश्व तेल आपूर्तिको प्रमुख मार्ग स्ट्रेट अफ हर्मुज सञ्चालनमा ल्याउने रहेको जनाइएको छ।