काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

फोटो कथा

११ जेष्ठ २०८३
तस्बिरहरू : अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी
अ+
अ-

पोखरा। फिर्के खोलामाथि बनेका संरचनामा आज (सोमबार) पनि महानगरले डोजर चलाएको छ।

महानगरका अनुसार व्यक्तिगत ३५ (स्थायी) ९७ (अस्थायी) तथा संस्थागत १८ (स्थायी) र १० (अस्थायी) गरी १६० संरचनामा डोजर चलाइँदै छ।

महानगरले सूचना निकालेबमोजिम हिजो (आइतबार)देखि खोलाको सीमाभित्र पर्ने संरचनामा डोजर चलाउन थालेको हो । फिर्के खोला नापजाँच प्रतिवेदन २०८० अनुसार खोला क्षेत्रभित्र पर्ने १६० वटा संरचना महानगरले भत्काउन लागेको हो।

लामो समयदेखि विवाद र चर्चामा रहेको फिर्के खोला सिमाना यकिन गर्ने र अतिक्रमण हटाउने कार्यले पोखराको सहरी व्यवस्थापन र वातावरणीय सुधारमा ठूलो प्रभाव पार्ने देखिन्छ।