काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

११ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ । नेपालले साफ महिला च्याम्पियनसिपमा आज भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ ।  दुईटोलिबीचको खेल भारतको गोवामा रहेको जवहारलाल नेहरु रंगशालामा नेपाली समयानुसार दिउँसो पौने ५ बजेदेखि हुनेछ ।

खेलमा दुवै टोली विजयी सुरुआतको खोजीमा छन् । यी दुईले समूह ‘ए’को पहिलो खेल खेल्न लागेको हुन् । नेपाल प्रतियोगिताको ६ पटकको उपविजेता हो ।