काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

११ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन मतदान केन्द्रको छनोट र व्यवस्थापनमा ध्यान दिन सरोकारवालाहरूले आग्रह गरेका छन्।

विराटनगरमा सोमबार आयोजना गरिएको प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रदेश स्तरीय समीक्षा कार्यक्रममा सहभागीहरूले निर्वाचन आयोगले मतदानस्थल र मतदान केन्द्रको छनोट गर्दा मतदाता संख्यालाई ध्यान दिनुपर्ने जिकिर गरेका थिए।

उनीहरुले निर्वाचनलाई निष्पक्ष बनाउन आचारसंहिताको पालनामा कडाइ गर्न पनि आग्रह गरेका छन्। निर्वाचन आयोगले आयोजना गरेको कार्यक्रममा आयोगका सचिव मधुसूदन बुर्लाकोटीले गत २१ फागुनमा भएको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन राजनीतिक दल, सुरक्षाकर्मी र मतदाताले महत्त्वपूर्ण भूमिका खेलेको बताए। उनले समीक्षा कार्यक्रममा आएका सुझाव निर्वाचन कानुन सुधारका रूपमा लिइने जानकारी दिए।

कार्यक्रममा प्रतिनिधिसभा निर्वाचन २०८२ मा भएको खर्च, व्यवस्थापन र सुधारका कार्यहरूबारे जानकारी गराइएको थियो। निर्वाचनमा प्रतिमतदाता २६३ रुपैयाँ खर्च भएकाले आगामी निर्वाचन थप मितव्ययी बनाउन निर्वाचन आयोगले गृहकार्य गरिरहेको जानकारी दिइएको थियो।