काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

१२ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहसँग ३० देशका राजदूत तथा नियोग उपप्रमुखले शिष्टाचार भेटवार्ता गरेका छन्।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सामूहिक भेटवार्तामा भारतको नयाँदिल्लीमा दूतावास रहेका युरोपियन युनियन (ईयू) सदस्य राष्ट्रका २२ जना र काठमाडौंमा रहेका विभिन्न आठ गरी कुल ३० देशका राजदूत तथा उपनियोग प्रमुख सहभागी थिए।

भेटवार्तामा प्रधानमन्त्री शाहले वर्तमान सरकारका प्राथमिकताका बारेमा जानकारी गराएका थिए।

भेटवार्तामा अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, साइप्रस, चेक गणराज्य, डेनमार्क, इस्टोनिया, फिनल्यान्ड, फ्रान्स, जर्मनी, ग्रीस, इटाली, लिथुआनिया, लक्जमबर्ग, नेदरल्यान्ड्स, पोल्यान्ड, पोर्चुगल, रोमानिया, स्लोभाकिया, स्लोभेनिया, स्पेन, स्वीडेन लगायतका राजदूत र नियोग उपप्रमुखहरू सहभागी थिए।

प्रधानमन्त्री शाहसँग यसअघि पनि विदेशी राजदूतहरूले सामूहिक शिष्टाचार भेटवार्ता गरेका थिए।