हङकङ। हिमाली क्षेत्रको कला संस्कृति प्रदर्शन गर्दै मकाउमा ७३औँ सगरमाथा दिवस मनाइएको छ।
युनाइटेड नेपाली डायस्पोरा मकाउले आयोजना गरेको सगरमाथा दिवसमा नेपालीका साथै इन्डोनेसिया, फिलिपिन्स र भियतनामको सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिएको छ।
२९ मे १९५३ मा न्युजिल्यान्डका सर एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका थिए। सोही ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष २९ मेमा सगरमाथा दिवस मनाउने गरिन्छ।
मकाउमा भने पाँच दिनअगावै सगरमाथा दिवस मनाइएको हो। कार्यक्रम कारितास मकाउ वेल्नस सेन्टर र नेपाली महावाणिज्य दूतावास, हङकङको सह-आयोजनामा भएको हो।