काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार तीन सय रूपैयाँले घटेर दुई लाख ९१ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ९२ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार ६० रुपैयाँ छ। सोमबार चाँदीको मूल्य प्रतितोला ५ हजार १ सय ५० रुपैयाँ थियो । आज चाँदीको मूल्य प्रतितोला ९० रूपैयाँले घटेको हो।