मेक्सिको सिटी। विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार रहेको मेक्सिकोले बताएको छ।
मेक्सिकोलाई सन् २०२६ को विश्वकपका लागि इरानी टोली आतिथ्यमा कुनै समस्या नरहेको मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले सोमबार बताएका छन्।
इरानले आफ्नो समूह मूल योजनाअनुसार टक्सन, एरिजोनामा नबस्ने तर यसको विकल्पमा मेक्सिकोको सीमावर्ती शहर तिजुआनामा बस्न चाहेको बताएको थियो।
राष्ट्रपति शेनबामले इरानी टोलीको व्यवस्थापनबारे गरिएको पत्रकार सम्मेलनमा भन्नुभयो, “अमेरिका इरानी फुटबल समूह र इरानी शुभेच्छुकलाई आफ्नो भूमिमा राख्न चाहँदैनथ्यो।
त्यसैले इरानले मेक्सिकोमा बस्नका लागि अनुमति मागेका थिए र हामीले उनीहको प्रस्तावलाई स्वीकार गरेका छौँ। उनीहरूलाई राख्न कुनै समस्या छैन।”