काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१२ जेष्ठ २०८३
छुम्बी लामा ।
अ+
अ-

काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल क्रिकेट संघ (क्यान)का सदस्य एवं प्रवक्ता छुम्बी लामालाई फिर्ता बोलाएको छ।

सोमबार (जेठ ११) राखेपले प्रवक्ता लामालाई पत्र लेख्दै फिर्ता बोलाइएको जानकारी गराएको हो। यो निर्णय कार्यान्वयन गरेर जानकारी गराउन क्यानलाई निर्देशन समेत दिइएको छ।

नेपाल क्रिकेट संघको विधान २०५५ को परिच्छेद २ को दफा ३ उपदफा (४) मा राखेपबाट संघको पदेन सदस्यमा पदमा मनोनयन गर्ने व्यवस्था छ।

उक्त व्यवस्थाअन्तर्गत राखेपले ०८० चैतमा लामालाई मनोनयन गरेको थियो । तर, उनलाई दुई वर्षमै फिर्ता बोलाइएको हो।

क्यानको नयाँ कार्यसमितिले लामालाई प्रवक्ताको जिम्मेवारी दिएको थियो । लामा अघिल्लो कार्यसमितिमा पनि राखेपको सिफारिसबाट सदस्य बनेका थिए।