काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले उखु किसानको भुक्तानी छिटै गर्न सरकारसँग माग गरेका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उनले हालसम्म उखु मिलले भुक्तानी नदिएको बताउँदै यस विषयमा ध्यानाकर्षण गराएका हुन्।
“चिनी मिलले पैसा दिन सकेको छैन। सरकारले दिने अनुदान पनि पाएका छैनन्। चाँडै उखु किसानको भुक्तानी होस्। सरकारको अनुदान पनि चाँडै प्राप्त होस्,” उनले भने ।