काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१२ जेष्ठ २०८३
अ+
अ-

वाशिङ्टन। अमेरिकी सेनाले इरानको दक्षिणी क्षेत्रमा नयाँ हवाई आक्रमण गरेको छ।

इरानी फौजले क्षेप्यास्त्र प्रहार गर्ने स्थलहरू र समुद्रमा सुरुङ (माइन) बिच्छाउन लागेका डुंगाहरूलाई लक्षित गरी उक्त आक्रमण गरिएको बीबीसीले जनाएको छ।

सेन्ट्रल कमान्डले जारी युद्धविरामकै बीच आफ्ना सैनिकमाथि हुन सक्ने खतरा रोक्न संयमित ढंगले कारबाही जारी राखिएको जनाएको बीबीसीको समाचारमा उल्लेख छ।

यसबीच इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले अमेरिकासँग भइरहेको वार्तामा केही प्रगति भएको स्वीकार गरे पनि तत्कालै सम्झौता हुने अवस्था नरहेको बताएका छन्।

अमेरिका र इजरायलले गत २८ फेब्रुअरीमा इरानमाथि व्यापक हमला गरेपछि मध्यपूर्वमा तनाव चर्किएको थियो।

त्यसको प्रत्युत्तरमा इरानले इजरायल तथा अमेरिकासँग निकट खाडी राष्ट्रहरूलाई निशाना बनाएको थियो भने स्ट्रेलट अफ होर्मुज बन्द गरेपछि विश्व बजारमा तेलको मूल्य आकासिएको छ।