काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

अनुसन्धान

रक्षा बमसहित जेन-जी अभियन्ता र रास्वपा सांसदमाथि अनुसन्धान गर्न राष्ट्रिय मानवअधिकार आयोगको सिफारिस

१३ जेष्ठ २०८३
सुशीला कार्की।
अ+
अ-

काठमाडौँ। पूर्वप्रधानमन्त्री सुशीला कार्कीसँगै ४९ जनालाई कारबाही गर्न राष्ट्रिय मानवअधिकार आयोगले सिफारिस गरेको छ।

आयोगले कार्कीसहित जेन-जी अभियन्ता र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूमाथि पनि कारबाहीको सिफारिस गरेको हो। आयोगले गत २३ र २४ भदौको घटनाको प्रतिवेदन सार्वजनिक गर्दै पूर्वपत्रकार, युट्युबर, कन्टेन्ट क्रियटरहरूमाथि पनि सूक्ष्म अनुसन्धानको सिफारिस गरेको छ।

आयोगको अनुसन्धानको घेरामा तानिनेमा गौरीबहादुर कार्की, रक्षा बम‚ ओमप्रकाश अर्याल, सुधन गुरुङ‚ दुर्गा प्रसाई, बब्लु गुप्ता‚ हेमराज थापा‚ हिमानी राज्यलक्ष्मी सिंह‚ गणेश कार्की, सुलभ खरेल, कृष्ण कार्की, तोसिमा कार्की, राजीव खत्री, सोम शर्मा, केपी खनाल, दीपक बोहोरा, मनीष झा, ज्वाला संग्रौला, विमल पन्त, खेमराज साउद, पुरुषोत्तम यादव, आशिका तामाङ‚ अमनप्रताप अधिकारी, विवेक थपलिया, सिसन बानियाँ, असिममान बस्नेत, भाग्य न्यौपाने, टंक दाहाल, भिक्टर पौडेल, अंकित मल्ल, उमेश बोहोरा, शिव यादव, विनोद देउवा, सरु सुनुवार, भीम उपाध्याय, रविकिरण हमाल, हरि ढकाल, निश्चल बस्नेत, पशुपति खड़का, ऊर्जा बराल, जेरी ताम्राकार, हेमसागर विद्रोही, बुद्ध छिरिङ, सन्तोष राजावादी, अमित खनाल, दीपक देवकोटा, गौरव बराल, निशान मैनाली छन्।

आयोगले घटनामा बाँच्न पाउने अधिकार हनन भएको निष्कर्ष निकाल्दै सम्बन्धित पदाधिकारीमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई सिफारिस गरेको छ।